शनिबार, जेठ ४, २०८२

घाटा कम गर्ने भन्दै फेरि बढाइयो इन्धनको भाउ

नेपालखोज २०७८ कार्तिक १३ गते ७:४०

काठमाडौं । घाटा कम गर्न भन्दै निगमले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य १ सय ३३ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर १ सय १६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ ।

यस्तै एलपी ग्याँसमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले बढाएर एक हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया