‘अबको लक्ष्य साफ उपाधि’
नेपालखोज
२०७८ कार्तिक १४ गते १०:१५

काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी स्वदेश फर्किएका छन् । अल्मुताइरी हिजो राती नेपाल फर्किएका हुन् ।
अल्मुताइरीले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अबको लक्ष्य अर्को साफ च्याम्पियनसिपको उपाधि जित्नु रहेको बताएका छन् ।
उनले भने ‘पछिल्लो तीन महिना धेरै उतार चढाव भए । हामीले अब त्यसलाई विर्सिनुपर्छ, ‘हाम्रो लक्ष्य अब आउने साफ च्याम्पियनसिपको उपाधि जित्नु हो ।,’ अल्मुताइरीले भने,’ एसियन कप २०२३ को छनोट पनि खेल्दैछौं । तर त्यसमा छनोट हुन्छौं भनेर म अहिल्यौं भन्न सक्दिनँ । तर हामी राम्रो प्रदर्शन गर्छौं । २०२७ मा नेपाल छनोट हुनसक्छ होला, तर मेरो सम्झैता अबको तीन वर्षका लागि मात्र छ ।’
सम्बन्धित
प्रतिक्रिया