शनिबार, जेठ ४, २०८२

५५ अंकले नेप्से बढ्दा ७ अर्ब ८२ करोडको सेयर किनबेच

नेपालखोज २०७८ कार्तिक १४ गते १५:३८

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ५५ दशमलव पाँच अंकले बढेर २८ सय ३७ दशमलव ६१ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ४६ अंकले बढेर पाँच सय ३० दशमलव ४६ अंकमा पुगेको छ ।

दुई सय ३२ कम्पनीको ८१ हजार नौ सय ३५ पटकको कारोबारमा एक करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसबाट सेयर कारोबार रकम सात अर्ब ८२ करोड ३२ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा आज वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ९६ अंकले घटेर बाँकी समूहको सूचक बढेका छन् । तीमध्ये विकास बैंक समूहको सूचक तीन सय ३८ दशमलव दुई अंकले बढेर पाँच हजार पाँच सय आठ दशमलव एक अंकमा निर्जीवन बिमा समूहको सूचक पनि ६ सय तीन दशमलव तीन अंकले बढेर १३ हजार ९५ दशमलव ४६ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि दुई सय ३० दशमलव आठ अंकले बढेर १५ हजार नौ सय १२ दशमलव ४४ अंकमा पुगेकामा जलविद्युत्, फाइनान्स लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।

आज युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय २४ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेष्ट बैंकको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ५० प्रतिशले घटेर ६ सय ९१ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अरुण काबेली जलविद्युत् कम्पनीको प्रतिकित्ता तीन सय ७२ रुपैयाँ अन्तिम मूल्यमा ३१ करोड ५७ लाख १५ हजार दुई सय ७२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया