चीनबाट १६ लाख डोज कोरोना खोप आइपुग्दै
नेपालखोज
२०७८ कार्तिक १७ गते १०:२८

काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको १६ लाख मात्रा (डोज) कोरोना भाइरसविरुद्धको खोपको आज (बुधबार) नेपाल आइपुग्ने भएको छ ।
चीनले नेपाललाई यस अगाडि नै १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको थियो ।
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो ।
गत साउन १ गते प्रधानमन्त्री देउवासँगको भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदान स्वरुप थप १६ लाख डोज खोप उपलब्ध गराइने जानकारी दिएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया