आईसीसी टी २० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै
नेपालखोज
२०७८ कार्तिक १७ गते १३:४९

काठमाडौं । आईसीसी टी २० विश्वकप अन्तर्गत आज भारत र अफगानिस्तान भिड्दै छन् ।
ओमान र यूएईमा जारी टी–२० विश्वकपको सुपर १२ को खेलमा आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ ।
नेपाली समयअनुसार बेलुका पौने ८ बजे यूएईका आबुधाबीमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। सुपर १२ को ग्रुप २ मा रहेका दुवै टोलीको लागि आजको खेल निकै महत्वपूर्ण छ ।
लगातार दोस्रो हार व्यहोरेको भारत प्रतियोगितामा टिकिरहनका लागि अफगानिस्तानमाथि ठूलो अन्तरको जीत निकाल्नु पर्ने दबाब रहेको छ ।
यो समुह (समुह बी) बाट सेमिफाइनलमा पाकिस्तान पुगिसकेकाले अब एक टिमको टुंगो लाग्ने छ ।
सम्बन्धित
प्रतिक्रिया