शनिबार, जेठ ४, २०८२

चीनले नेपाललाई दियाे थप १६ लाख डाेज खाेप

नेपालखोज २०७८ कार्तिक १७ गते १४:१५

काठमाडौं । चीनले नेपाललाई १६ लाख डाेज साइनाेफार्म खाेप सहयाेग गरेकाे छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाेउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन्।

चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डाेज खाेप अनुदानमा आएकाे छ भने काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डाेज खरिद गरेकाे छ । जसमध्ये १० लाख २० हजार डाेज खाेप आइसकेकाे छ भने अरूआउने प्रक्रियामा रहेकाे स्वास्थ सचिव राेशन पाेखरेलले जानकारी गराए ।

त्यसैगरी काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खाेप खरीद गर्न काेभ्याक्सलाई आवेदन दिएकाे स्वास्थ्यमन्त्री खतिवडाले बताए ।

No description available.
No description available.
No description available.

प्रतिक्रिया