राखेपको सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन
नेपालखोज
२०७८ कार्तिक १७ गते १९:२६

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरिएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाण गंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ सदस्य रहने गरी समिति गठन गरिएको हो ।
यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को ब्यवस्था नहुदासम्मको लागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया