टी–२० विश्वकप : अफगानिस्तान भारतसँग ६६ रनले पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको छ । यो जितसँगै भारतको सेमिफाइनल पुग्ने आशा जीवित छ ।
यस प्रतियोगितामा भारतले अहिलेसम्म पाकिस्तान र न्युजिल्याण्डसँगको खेलमा हार बेहोरेको छ । यस्तो अवस्थामा यो खेल जित्नु भारतका लागि निकै महत्वपूर्ण थियो ।
पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर २१० रन बनाएको थियो भने अफगानिस्तानलाई २ सय ११ रनको लक्ष्य दिएको थियो ।
जवाफमा अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सकेको थियो । भारत सुपर १२ को समूह २ मा छ । यस समूहबाट पाकिस्तान यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
भारतले स्कटल्याण्ड र नामिबियासँग थप सामना गर्नुपर्नेछ। यदि भारतले यी टोलीहरू विरुद्ध राम्रो रन रेटका साथ जित्यो भने भारतको सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्न सक्छ ।
प्रतिक्रिया