शुक्रबार, जेठ ३, २०८२

यूएफा च्याम्पियन्स लिग : लिभरपुल र आयाक्स नकआउट चरणमा

नेपालखोज २०७८ कार्तिक १८ गते ८:१९

काठमाडौं । एथ्लेटिको मड्रिडलाई हराउँदै लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा पुगेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुल २–० ले विजयी भयो ।

यो जितसँगै लिभरपुलले समूहका ४ खेलबाट १२ अंक जोड्दै नक आउट चरणमा आफ्नो स्थान पक्का ग¥यो । यो समूहमा ५ अंकसहित दोस्रो स्थानमा रहेको एफ.सी पोर्टोले गएराति एसी मिलानसँग १–१ गोलको बराबरी खेल्यो ।

गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्डलाई ३–१ ले हराउँदै नेदरल्याण्ड्सको आयाम्स एम्सटरडम पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ । समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्टीङले टर्कीको बेसिक्तासलाई ४–० ले हरायो ।

गएराति फ्रान्सको पिएसजीलाई जर्मनीको आर.बी लाइप्जीगले २–२ गोलको बराबरीमा रोक्दा इटालीको इन्टरमिलानले मल्दोभाको शेरिफ तिरास्पोललाई ३–१ ले पाखा लगायो ।

प्रतिक्रिया