शनिबार, जेठ ४, २०८२

डब्ल्यूएचओको चेतावनी- युरोप फेरि कोरोना महामारीको केन्द्र बन्छ

नेपालखोज २०७८ कार्तिक १९ गते ९:२२

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोप फेरि कोरोना भाइरस संक्रमणको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ । डब्ल्युएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोप आगामी तीन महिनाभित्र महामारीको केन्द्र बनेर सोही अवधिमा ५ लाखसम्म मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

गत हप्ता विश्वमा आधाभन्दा बढी कोरोना संक्रमण तथा आधाजति मृत्यु मध्य एसियासमेत युरोप क्षेत्रमा भएको बताउँदै उनले यसको केन्द्र भने अब युरोप हुने चेतावनी दिएका हुन् । संक्रमण रोक्न खोप अभियानलाई तीव्रता दिन तथा भौतिक दूरीमा ध्यान दिन उनले अपिलसमेत गरेको बीबीसीले जनाएको छ ।

डब्ल्युएचओका अनुसार कोरोनाले युरोपेली देशमा अहिलेसम्म १४ लाख मानिसको मृत्यु भइसकेको छ । डब्ल्युएचओका कोभिड–१९ प्राविधिक प्रमुख मरिया भान कर्कोफका अनुसार खोप र सामाग्रीको उपलब्धताका बावजुद पछिल्लो चार सातामा युरोपभरि सङ्क्रमित ५५ प्रतिशतले बढेका छन् । यो तथ्यांक ‘विश्वका लागि चेतावनी’ भएको उनको भनाइ छ । 

प्रतिक्रिया