ए डिभिजनका चार क्लबलाई एएफसीको क्लब लाइसेन्स
नेपालखोज
२०७८ कार्तिक १९ गते १०:३२

काठमाडौं । ए डिभिजनका चार क्लबलाई एएफसीको क्लब लाइसेन्स दिइएको छ। एएफसीको क्लब लाइसेन्स प्राप्त गर्नेमा मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र एपिएफ फुटबल क्लब रहेका छन् ।
क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने बताइएको छ ।
क्लब लाइसेन्सिङको मापदण्डमा युवा खेलाडी विकासदेखि क्लबलाई ब्यवस्थित बनाउन आवश्यक पर्ने जनशक्तिको ब्यवस्था गर्नुपर्ने उल्लेख छ । क्लब लाइसेन्स लागु भएसँगै ब्यवस्थित ढङ्गले फुटबल सञ्चालन गर्न बाटो खुल्ने एएफसीको अपेक्षा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को फस्ट इन्सट्यान्ट बडीले चार क्लबलाई यस सिजनको लागि लाइसेन्स प्रदान गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया