लिओनमा इन्धन बोकेको ट्यांकर विस्फोट, ८४ जनाको मृत्यु

काठमाडौं । एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग सियरा लिओनको राजधानी फ्रीटाउनमा जुझेर विस्फोट हुँदा कम्तीमा ८४ जनाको मृत्यु भएको छ। आगलागी हुनु अघि इन्धन पोखिएको थियो।
त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधनमा सल्किएको थियो। स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि नराम्ररी डढेका शवहरू देखिन्छ। राष्ट्रपति जुलियस मादा बायोले दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेकोु बताएका छन्।
आफ्ना सवारी साधनमा फसेका कारण कैयौँले ज्यान गुमाउन पुगेका थिए। ट्वीट गर्दै राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन्।
फ्रीटाउनका मेयर वाइभोन अकि सवेरले त्रासदीपूर्ण तस्बिर देखेको भन्दै १०० भन्दा बढीको ज्यान गएको बताए। शवगृहमा ९० भन्दा बढी शवहरू पुगेको र फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ।
विस्फोट सहरको वेलिंगटन क्षेत्रको व्यस्त चोइथ्राम सुपर मार्केट बाहिरको एक चोकमा शुक्रबार करिब दश बजे भएको बताइएको छ।
एक रिपोर्टका अनुसार मानिसहरूले भरिएको बस पूर्ण रूपमा जलेको छ। जसका कारण घटनास्थल वरपरका पसलहरू समेत आगोको ज्वालाका कारण प्रभावित छन्। बीबीसी
प्रतिक्रिया