प्रदेश १ र गण्डकीमा वर्षा, हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । प्रदेश १ र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ। साथै प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ ।
आज राति भने प्रदेश १, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी भोलि (सोमबार) दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबार राति भने प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यत: सफा रहनेछ ।
पर्सि (मंगलबार) दिउँसो सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने विभागको बुलेटिनमा उल्लेख छ । राति भने प्रदेश १ र लुम्बिनीमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यत: सफा रहनेछ ।
प्रतिक्रिया