आइतबार, जेठ १२, २०८२

वाग्मती प्रदेशसभाको बैठक भोलि, मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने

नेपालखोज २०७८ कार्तिक २१ गते ११:३२


काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ । भोली अपराह्न्न ३ बजे बस्ने बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री पाण्डेले तयारी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डेले गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया