भारतमा जिका भाइरसको संक्रमण बढ्यो
नेपालखोज
२०७८ कार्तिक २१ गते १२:३२

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेको छ । भारतका स्वास्थ्य अधिकारीहरुका अनुसार केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएका छन्।
उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ ।
उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई सातामा ७९ जनामा भाइरस देखिएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले नयाँदिल्लीमा पनि पो भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए ।
उनले सबै सरकारी अस्पतालहरुमा यो भाइरसका संक्रमितको उपचारको व्यवस्था गरिएको बताए ।
सम्बन्धित
प्रतिक्रिया