बारले घोषणा गर्यो प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनका कार्यक्रम
नेपालखोज
२०७८ कार्तिक २१ गते १४:५०

काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । आन्दोलनका थप कार्यक्रम तय गर्न बारले देशभरका ९० वटा इकाईका पदाधिकारीसँग आज र भोलि छलफल गर्दैछ ।
छलफलपछि आन्दोलनका नयाँ र सशक्त कार्यक्रम तय गरिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बार एसोसियसनले यसअघि नै घोषणा गरिसकेको थियो । प्रधानन्यायाधीश राणाले भने राजीनामा नदिने अडानमा लिएका छन् ।
बारले यसयघि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत र बार परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया