आइतबार, जेठ १२, २०८२

मेक्सिकोमा ट्रक दुर्घटना, २० जनाको मृत्यु

नेपालखोज २०७८ कार्तिक २१ गते १४:५८


मेक्सिको सिटी । मेक्सिकोको राजमार्गमा भएको दुर्घटनामा परि कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार दिउँसो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।

बाटोमा रोकि राखेको कारलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ । ट्रकको ब्रेक फेल भएर ट्रकले कारलाई ठक्कर दिएको हो । देशको राजधानी मेक्सिको सिटी र पुएब्ला सहरको सीमा क्षेत्रमा सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस/ एएनआई

प्रतिक्रिया