आइतबार, जेठ १२, २०८२

निलम्बित भएसँगै लिबियाका विदेशमन्त्रीलाई विदेश भ्रमणमा रोक

नेपालखोज २०७८ कार्तिक २१ गते १६:०६


त्रिपोली । लिबियाका विदेशमन्त्री नाज्ला माङगौसलाई निलम्बन गरिएको छ । उनको भूमिकाप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिले उनलाई निलम्बन गरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

अनिश्चितकालका लागि सरकारले उनलाई विदेश भ्रमणमा पनि प्रतिबन्ध लगाएको छ । सरकारको निर्णयप्रति भने उनले असहमति जनाएका छन् ।

‘विदेशमन्त्री नाज्ला माङगौशलाई अस्थायी रुपमा निलम्बन गरिएको छ, उनीमाथि अनुसन्धान भइरहेको छ, अनुसन्धान सकिएपछि मात्रै निलम्बन फुकुवा गर्ने वा नगर्ने बारेमा निर्णय हुन्छ,’ सरकारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

सरकारले बनाएको अनुसन्धान टोलीलाई १४ दिनभित्र प्रतिवेदन बुझाउन आदेश दिइएको छ । उनले विदेशमन्त्रीको रुपमा एकलौटी गरेको, सरकारसँग समन्वय नगरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ ।

उनलाई लिबियाको अन्तरिम सरकारको विदेशमन्त्रीका रुपमा गत फेब्रुअरीमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया