नेपालमा संक्रमणदर घट्दै : थपिए १४३ संक्रमित, ५६३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर निरन्तर घट्दै गएको छ । गत चौबीस घण्टामा जम्मा १४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १ हजार ९८० जनाको पीसीआर परीक्षणमा १४१ र ३५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जना गरि १४३ जनामा कोरोना पुष्टि भएको हो । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ मा झरेको छ ।
त्यस्तै, चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप ५६३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ९५ हजार ३८७ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, चौबीस घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४४८ पुगेको छ ।
प्रतिक्रिया