आइतबार, जेठ १२, २०८२

राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता

नेपालखोज २०७८ कार्तिक २१ गते १७:२७
फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकोछ । एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शितलनिवास पुगेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरु आन्दोलित रहेको अवस्थामा ओलीले राष्ट्रपतिसँग छलफल गरेका छन् ।

भेटमा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया