आइतबार, जेठ १२, २०८२

ब्रान्ड बन्दै ढाकाको कपडा (तस्बिरसहित)

नेपालखोज २०७८ कार्तिक २२ गते १०:४२
फुङ्लिङमा ढाकाको कपडा बुन्दै युवती ।


काठमाडौं । ढाकाको कपडा प्रायः लिम्बू समुदायहरुले आफ्नो मौलिक वेशभूषाका रुपमा प्रयोग गर्दै आएकामा पछिलो समय अन्य समुदायको पनि ढाकाको कपडाप्रति आकर्षण बढ्दै गएको छ ।

देश-विदेशमा बसोबास गर्ने लिम्बू समुदायबाट पनि ढाकाको कपडा माग आएको छ । ढाका कपडाको राम्रो बजार भएकाले महिलाहरुले उद्योग दर्ता गरेरै नियमित आम्दानी लिँदै आएका छन् ।

परम्परागत तानबाट कोट, सर्ट, पछ्यौरा, साडी, टोपी र कुर्ता-सुरुवाललगायत बनाइन्छ । ढाकाको एउटा साडी पाँच हजारदेखि २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उद्यमीहरु बताउँछन् ।

फुङ्लिङमा ढाकाको कपडा बुनिँदै ।
बुनेको ढाकाको कपडा ।
ताप्लेजुङको फुङ्लिङमा ढाकाको कपडा बुन्दै स्थानीय महिला उद्यमी ।

तस्बिरहरु : रासस

प्रतिक्रिया