मंगोलियामा एक दिनमा सबैभन्दा थोरै नयाँ संक्रमित

उलान बाटोर । मंगोलियामा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या सबैभन्दा थोरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मंगोलियामा ४५० जना नयाँ संक्रमित थपिएका हुन् ।
यो संख्या मे १८ पछिकै सबैभन्दा थोरै भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । मंगोलियामा अहिलेसम्म कुल संक्रमितहरुको संख्या तीन लाख ६८ हजार ६०० पुगेको तथ्याङ्क मन्त्रालयसँग छ ।
त्यसैगरी अहिलेसम्म कोरोनाका कारण एक हजार ७४४ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरस विरुद्धको खोप अभियान र जनचेतनामुलक अभियान तिव्र रुपमा चलाइएकाले महामारीको प्रभाव कम हुदै गएको बताइएको छ ।
मंगोलियाका चार लाख ४५ हजार ९०० भन्दा बढीलाई अतिरिक्त खोप लगाइएको छ । स्वास्थ्य मन्त्रालयले अहिले पनि भिडभाड नगर्न, मास्कको प्रयोग गर्न, सेनिटाइजर लगाउन आह्वान गरिरहेको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया