शनिबार, जेठ ११, २०८२

चाैबीस घण्टामा ३९० संक्रमित थपिए, ४२५ जना डिस्चार्ज

नेपालखोज २०७८ कार्तिक २२ गते १६:२१

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ४२५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ६०६ जनाको पीसीआर परीक्षणबाट ३७१ र २ हजार ४२० जनामा गरिएको एन्टिजेन परीक्षणमा १९ जना गरी जम्मा ३९० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेको छ ।

प्रतिक्रिया