रुसमा पछिल्लो चाैबीस घण्टामा ३९ हजार ४ सय संक्रमित थपिए
नेपालखोज
२०७८ कार्तिक २२ गते १७:४४

मस्को । रुसमा पछिल्लो २४ घण्टामा ३९ हजार ४०० कोभिड-१९ नयाँ संक्रमितहरू फेला परेका छन् । योसँगै कुल संक्रमितको संख्या ८,८३४,४९५ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जानकारी दिएको छ ।
यसैबीच कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १,१९० ले बढेर २,४८,००४ पुगेको छ भने निको हुनेको संख्या २५,५८२ ले बढेर ७,५८७,५६० पुगेको छ ।
त्यसैगरी राजधानी मस्कोमा पछिल्लो २४ घण्टामा ४,९८२ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । यो सँगै राजधानीमा मात्र संक्रमितको संख्या १,८६६,६०६ पुगेको छ ।
पछिल्लो जानकारी अनुसार छ करोड भन्दा बढी रूसी नागरिकहरूले कम्तिमा एक मात्रा खोप लगाएका छन् । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया