शुक्रबार, जेठ १०, २०८२

सुन आज कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०७८ कार्तिक २३ गते १०:५३

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य २ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेको छ । तेजावी सुन आज ९१ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे तेजावी सुन ९२ हजारमा काराेबार भएकाे थियाे ।

यता चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ । आज चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो पनि साेही मूल्यमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया