शुक्रबार, जेठ १०, २०८२

स्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ

नेपालखोज २०७८ कार्तिक २३ गते १३:२७

पर्सा । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँसहित बारा बिश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया