व्यापारीलाई अनावश्यक दुःख नदिन गृहमन्त्रीकाे आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रुपमा समस्याहरु देखापरेको र ती समस्याहरुलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए । उनले माल, सामान ल्याउने क्रममा व्यापारीहरुलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरुलाई आग्रह गरे ।
मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताए ।
उनले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरुसँग सम्वाद र छलफलगरी राजनीतिक मुलधारमा ल्याउने काम भईरहेको उनले जानकारी दिए । गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
प्रतिक्रिया