माओवादीको आसन्न राष्ट्रिय सम्मेलनबारे पेरिसडाँडामा घनिभूत छलफल
नेपालखोज
२०७८ कार्तिक २३ गते १४:५९

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ ।
बैठकमा समसामयिक राजनीति, आसन्न राष्ट्रिय सम्मेलन, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नाराणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, देवेन्द्र पौडेल, देव गुरूङ, शक्ति बस्नेतलगायत सहभागी रहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया