बिहीबार, जेठ ९, २०८२

चौबीस घण्टामा ५३३ संक्रमित थपिए, ४८४ जना डिस्चार्ज

नेपालखोज २०७८ कार्तिक २३ गते १६:२७

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ४८४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९१८ जनाको पीसीआर परीक्षणबाट ४४३ र १ हजार ८१८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९० जना गरी जम्मा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ रहेको छ ।

प्रतिक्रिया