राष्ट्रिय एकतालाई सुदृढ गर्न पर्वले मद्दत गर्छ : राष्ट्रपति भण्डारी
नेपालखोज
२०७८ कार्तिक २४ गते ७:१३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने बताएकी छिन् ।
छठ पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताइन् ।
विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ ।
सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर यो चाड मनाइन्छ ।
सम्बन्धित
प्रतिक्रिया