एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
नेपालखोज
२०७८ कार्तिक २४ गते ८:०८

काठमाडौं । नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ । मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो ।
स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको आज बस्ने बैठकले महाधिवेशनका विषयमा विभिन्न निर्णय गर्नेछ ।
एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।
नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया