बुधबार, जेठ ८, २०८२

स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाउन आग्रह

नेपालखोज २०७८ कार्तिक २४ गते ९:३२


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ले शुभकामना सन्देश दिँदै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि रहेको बताएका छन् ।

कोरोना त्रास कायमै रहेको भन्दै अध्यक्ष प्रचण्डले सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन पनि सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया