बुधबार, जेठ ८, २०८२

सुन आज ४ सयले बढ्यो, चाँदी स्थिर

नेपालखोज २०७८ कार्तिक २४ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले घटेको छ । तेजावी सुन आज ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया