शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी (तस्बिरसहित)
नेपालखोज
२०७८ कार्तिक २४ गते १५:०३

काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा भारतीय राष्ट्रपति कोविन्दले शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
नेपाली सेना र भारतीय सेनाबीचको परम्परागत आपसी सौहार्द सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक चलन छ । प्रधान सेनापति शर्मा कात्तिक २३ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन् ।


सम्बन्धित
प्रतिक्रिया