मंगलबार, जेठ ७, २०८२

एमसीसी फिर्ता लिन अमेरिकालाई वामदेवको आग्रह

नेपालखोज २०७८ कार्तिक २४ गते १९:३४

काठमाडौं । राष्ट्रियसभाका सांसद तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिर्ता लैजान अमेरिकासँग आग्रह गरेका छन् ।

उनले एमसीसी कम्प्याक्ट नेपालको संसदबाट अनुमोदन हुने सम्भावना कम हुँदै गएको पनि बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसीका कारण नेपालमा जनमत विभाजित भएको उल्लेख गर्दै त्यसले नेपालको अहित हुने भएकाले नेपालको हित प्रर्वद्धन गर्न अमेरिकाले एक पक्षीय रुपमा भए पनि एमसीसी फिर्ता लिनुपर्ने बताएका छन् ।

एमसीसीसँग गरिएको सम्झौतापछि नेपाली नागरिकले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरिरहेका भन्दै उनले एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गरेका हुन्।

नेता गौतमले यी अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको बताए ।

प्रतिक्रिया