सोमबार, जेठ ६, २०८२

‘चोलेन्द्रलाई घोक्रेठ्याक लगाउनुपर्छ’

नेपालखोज २०७८ कार्तिक २५ गते १४:१०

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएका छन् ।

राजीनामाको दबाब खेपीरहेका जबराले एसोसिएसनका अध्यक्ष श्रेष्ठलाई भेट्न बोलाएका हुन् । तर श्रेष्ठले भने जबरासँग राजीनामा दिएपछि मात्र भेट्ने बताएका छन् ।

एसोसिएसनका अध्यक्ष श्रेष्ठले भने ‘चोलेन्द्रलाई अब च्यूत गर्नैपर्छ । अब सम्मानजनक बर्हिगमन होइन घोक्रेठ्याक लगाउनुपर्छ ।’ आज कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा धर्ना दिने क्रममा तनाव उत्पन्न भएको थियो ।

प्रतिक्रिया