बुधबार, जेठ १, २०८२

यी उपाय अपनाउनुस् छिटै विवाह हुन्छ

नेपालखोज २०७८ कार्तिक २८ गते ८:२६

विवाहको सिजन नजिकिएको छ । यसपटकको साइतमा धेरैको विवाह हुने तय पनि भइसकेको होला । यद्यपि कतिपयको कुण्डलीमा भएको ग्रह दोषका कारण विवाहमा ढिलाइ भइरहेको हुन्छ । ज्योतिषशास्त्रमा त्यसका लागि केही उपाय बताइएको छ । भनिन्छ यी उपाय अपनाए विवाहसँग सम्बन्धित अड्चनहरु हट्नेछन् र विवाहको योग बन्नेछ । यदि तपाईंको विवाहमा कुनै अड्चन आइरहेको छ भने यी उपाय अपनाएर ती बाधा फुकाउन सक्नुहुनेछ जसले गर्दा तपाईंको विवाह समयमै हुनेछ ।

१ ‍. ज्योतिषशास्त्रअनुसार बिहीबार पिपल, वर र केराको बोटमा जलका साथमा अलिकति हल्दी, गुड अनि चना चढाउनुहोस् । यी चिजहरु देवीलाई चढाउँदा विवाहसम्बन्धी अड्चन हट्ने मान्यता छ ।

२ . विवाहसम्बन्धी बाधा फुकाउन ६ मुखे रुद्राक्ष धारण गर्नुपर्छ । ६ मुखे रुद्राक्षलाई भगवान् शंकरका सुपुत्र कात्तिकेयको स्वरूप मानिन्छ ।

३ . मंगल दोषका कारण पनि विवाहमा अवरोध आइरहेको हुन्छ । यस्तो अवस्थामा कुन्डलीको मंगल दोष निवारण गर्नुपर्ने हुन्छ । ज्योतिषहरुले मंगल दोषबाट मुक्तिका लागि वर-पिपल वा कुम्भको विवाहलगायतका उपाय अपनाउँछन् ।

४ . यदि कुनै कन्याको विवाहमा विलम्ब भइरहेको छ भने कुनै युवतीको विवाहमा सरिक भएर दुलहीका साथ मेहन्दी लगाउँदा विवाहको योग प्रवल हुने मान्यता पनि छ ।

५ ‍. सुयोग्य वर-वधु प्राप्तिका लागि १६ वटा सोमबार व्रत बस्नुपर्छ । यसको सुरुवात साउनको पहिलो सोमबार गर्नु उत्तम मानिन्छ । सोमबार चनाको दाल र काँचो दूध दान गर्दा पनि लाभ हुन्छ ।

६‍. मान्यताअनुसार विवाहसम्बन्धी बाधा-अड्चन फुकाउन अविवाहितहरुले अलिकति पानीमा अलैंची उमालेर नुहाउँदा पनि फाइदा हुन्छ । भनिन्छ यसबाट शुक्र दोष हट्छ । शुक्र ग्रह मजबुत भए वैवाहिक जीवन सुखद् रहन्छ ।

माथि उल्लेखित जानकारी प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटिक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यवहारमा लागु गर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया