एनपी साउँद भन्छन्- कांग्रेस कम्युनिस्टले जस्तो भोटको व्यापार गर्दैन
नेपालखोज
२०७८ कार्तिक २५ गते १५:३६

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्ट जस्तो भोटको व्यापारी नभएको बताएका छन् । गृह जिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस कम्युनिस्ट जस्तो भोटको व्यापारी नभएको बताएका हुन् ।
नेता साउदले भनेका छन्, ‘भूमि अधिकारलाई संविधानले मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ । यो भूमिको अधिकार हरेक नागरिकले पाउनुपर्छ ।’ उनले भनेका छन्, ‘हामी भोटका व्यापारी होइनौं । इमान नभएको राजनीति गर्न हामीले जानेका छैनौं ।’
उनले कांग्रेसले आरक्ष पीडित तथा भूमिहीनका समस्या समाधान गर्नेमा जोड दिँदै कञ्चनपुरमा तत्कालीन शक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित आरक्ष पीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसकेको पनि बताए ।
सम्बन्धित
प्रतिक्रिया