शनिबार, जेठ ४, २०८२

टी–२० विश्वकप : पाकिस्तानलई हराउँदै अस्ट्रेलिया फाइनलमा

नेपालखोज २०७८ कार्तिक २६ गते ६:४५

दुबई । टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनल यात्रा तय गरेको छ ।

पाकिस्तान समूह दुईको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने अस्ट्रेलियाले समूह एकमा दोस्रो स्थान हात पार्दै अन्तिम चारमा स्थान बनाएको हो ।

पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो । अस्ट्रेलियालाई जित दिलाउन डेविड वार्नरले सर्वाधिक ४९ रन बनाए । उनले ३० बलमा तीन छक्का र तीन चौका हिर्काए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७५ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवान र फाखर जामनले अर्धशतकीय पालि खेलेका थिए । विकेटकिपर ब्याट्सम्यान रिजवानले ५२ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ६७ रन बनाए ।

यसअघि बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्डले फाइनलमा स्थान बनाइसकेको छ । न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको उपाधि भिडन्त आइतबार दुबईमै हुनेछ ।

न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो । यसअघि सन् २००७ र २०१६ मा न्युजिल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया