आइतबार, जेठ ५, २०८२

कानुन व्यवसायी सर्वोच्च परिसरमा भेला हुँदै, प्रधानन्यायाधीशलाई प्रवेश नदिने तयारी

नेपालखोज २०७८ कार्तिक २६ गते ७:५२

काठमाडौं । नेपाल बार एसोसिएशनले आन्दोलनलाई थप कडा बनाउँदै लैजाने भएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने बारले जनाएको छ ।

हिजो प्रहरीले हस्तक्षेप गरेकाले आज बिहान १० बजे अघि नै भेला भएर आन्दोलन गर्न लागेको बारले जनाएको छ ।

सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन बार एसोसिएशनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकालेर निर्देशन दिएका छन् ।

आज सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न पनि बारले अपिल गरेको छ ।

प्रतिक्रिया