आइतबार, जेठ ५, २०८२

सामूहिक धारणा बनाउन पौडेल पक्षको बैठक बस्दै

नेपालखोज २०७८ कार्तिक २६ गते ८:५३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

आज दिउँसो बैठक बस्ने बताइएको छ । बैठकमा केन्द्रीय समिति बैठकमा सामूहिक धारणा बनाउने विषयमा छलफलको तयारी रहेको बताइएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गर्न बताइएको छ ।

बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गरेका थिए ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया