आइतबार, जेठ ५, २०८२

सुनको भाउ ४ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार

नेपालखोज २०७८ कार्तिक २६ गते १०:५७


काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९४ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेको छ । तेजावी सुन आज ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि आज १५ रुपैयाँले नै बढेको छ । आज चाँदी १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया