कञ्चनपुरका भूमिहीनले गरे जग्गामा स्वामित्वको माग
नेपालखोज
२०७८ कार्तिक २६ गते १३:१४

काठमाडौं । कञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गरेका छन् । सुकुम्बासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्तकमैया महिला तथा अव्यवस्थित बसोबासीले जग्गामा स्वामित्वको माग गरेका हुन् ।
सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई दबाब दिन उनीहरुले बहादुरसिंह महराको संयोजकत्वमा सात सदस्यीय संघर्ष समितिसमेत गठन गरेका छन् । ‘हाम्रा नाममा पटकपटक आयोग र कार्यदल बन्ने र विघटन गर्ने काम हुँदै आएको छ’, संयोजक महराले भने, ‘वर्षौंदेखि समस्या ज्यूँका त्यूँ छन् ।’
संघर्ष समितिले दबाबका कार्यक्रम अघि बढाउने उनले बताए । समितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आयोगसम्बन्धी काम अघि बढाउन ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । कञ्चनपुरमा ५६ हजार २४ अव्यवस्थित बसोवासी रहेको तथ्यांक छ । रासस
सम्बन्धित
प्रतिक्रिया