आइतबार, जेठ ५, २०८२

निगमलाई देशका राजनीतिक दलहरुले चलाएको आरोप

नेपालखोज २०७८ कार्तिक २६ गते १८:१२
फाइल फोटो

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नघटाए सवारी साधन नचल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सिटौलाले तेलको मूल्यवृद्धि नघटाए भाडादर बढाउने चेतावनी समेत दिएका छन् । महासचिव सिटौलाले आयल निगमलाई देशका राजनीतिक दलहरुले आफैँ चलाएको आरोप समेत लगाए ।

त्यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताए ।

उनले नेपाल आयल निगमलाई जनतासँग फेश गर्न पनि गाह्रो भएको बताए । अध्यक्ष महर्जनले १२ दिनमै सरकारले तेलको मूल्य बढाउनु गलत भएको बताए । उनले विद्यार्थी नेताहरुले मन्त्रीहरुको घर–घरमा गएर आवाज उठाउनु पर्ने बताए । अध्यक्ष महर्जनले सरकारको कूटनीतिका कारण जनता मारमा परेको पनि बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नघटाए सवारी साधन नचल्ने बताएका छन् । उनले तेलको मूल्यवृद्धि नघटाए भाडादर बढाउने चेतावनी समेत दिएका छन् । महासचिव सिटौलाले आयल निगमलाई देशका राजनीतिक दलहरुले आफैँ चलाएको आरोप समेत लगाए ।

प्रतिक्रिया