नेता नेम्वाङ भन्छन्- सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन
नेपालखोज
२०७८ कार्तिक २७ गते १८:४०

झापा । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन् ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताए ।
सरकारले अन्य अंगलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताए । सबै कुराको दोष संविधानलाई दिन नहुने उनको धारणा थियो ।
उनले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पारे । सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गरे ।
सहकारी अभियानमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सो सहकारीले एक लाख एक हजार रूपैयाँ राशिको पुरस्कार प्रदान गर्दैआएको छ ।
सम्बन्धित
प्रतिक्रिया