शनिबार, जेठ ४, २०८२

जनकपुरधाममा निषेधाज्ञा जारी

नेपालखोज २०७८ कार्तिक २७ गते १८:५५

जनकपुरधाम । जनकपुरधाममा भोलि रातिसम्मको लागि निषेधाज्ञा जारी भएको छ । दुई समूहबीच झडप भएपछि निषेधाज्ञा जारी गरिएकाे हाे ।

छठको अर्ध्य दिनको लागि देवपुराको तेलिया पोखरीमा ठाउँ बनाउने क्रममा विवाद भएको थियो । त्यसै विषयमा आज फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । आजको झडपमा प्रहरीसहित अन्य केही व्यक्ति घाइते भएकाछन् । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाइ फायर पनि गरेको थियो ।

निषेधाज्ञा पूर्वमा जलाध नदीको कल्री बाँध, पश्चिममा जनकपुरको जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जानेबाटोसम्म भोलि राति १० बजेसम्मका लागि जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया