शुक्रबार, जेठ ३, २०८२

सर्वोच्चको दुवै गेटमा कानुन व्यवसायीको धर्ना, प्रधानन्यायाधीशलाई छिर्नै नदिने तयारी

नेपालखोज २०७८ कार्तिक २८ गते १०:३७
फाइल तस्बिर ।


काठमाडौं । कानुन व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । उनीहरू सुरक्षाकर्मीको घेरा तोडेर सर्वोच्च परिसरमै पुगेका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य गेटमै रोक्ने उनीहरुले तयारी गरेका छन् ।

शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक्ने बताए पनि शुक्रबार भने उनी वैकल्पिक गेटबाट प्रवेश गरेका थिए । आज कानून व्यवसायीहरूले वैकल्पिक गेटमा पनि धर्ना दिएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया