बिहीबार, जेठ २, २०८२

राष्ट्र बैंकले पुनः ११ अर्ब ८५ करोडको ट्रेजरी बिल बिक्री गर्दै

नेपालखोज २०७८ कार्तिक २८ गते १५:२९

काठमाडौ । नेपाल राष्ट्र बैंकले पुनः ११ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) दिउँसो ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने कात्तिक ३० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख रुपैंयाँको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७८ फागुन ३ गते र २०७९ जेठ ३ गते तोकिएको छ । यसअघि पनि राष्ट्र बैंकले यही कात्तिक २२ गते ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया