मुस्ताङमा भीषण हिमपहिरो : भागदौड हुँदा ७ जना घाइते
नेपालखोज
२०७८ कार्तिक २८ गते १५:५३

काठमाडौं । मुस्ताङको थासाङमा भीषण हिमपहिरो गएको छ । आइतबार मध्याह्नतिर थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
हिम पहिरोका कारण थासाङ गाउँपालिकाको वडा नम्बर २ को कोवाङ, लार्जुङ, नाउरिकोट, बोक्सी खोलालगायतमा बसोबास गरेका स्थानीयको भागदौड मच्चिएको थियो । भाग दौडका क्रममा कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय गरी ७ जना घाइते भएको विद्यालयका निमित्त प्रधानाध्यापक खेम गुरुङले जानकारी दिए ।
अहिले विद्यार्थी र शिक्षकलगायतलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । यस्तै, हिम पहिरो खसेका कारण बेनी–जोमसोम सडक यातायात समेत अवरुद्ध भएको छ। अहिले सो क्षेत्रमा तीब्र गतिमा हावा चलेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया