बिहीबार, जेठ २, २०८२

विश्वकप फुटबल छनोट खेलमा स्पेन, सर्विया र क्रोएसिया विजयी

नेपालखोज २०७८ कार्तिक २९ गते ७:३७

काठमाडौं । स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलको लागि छनोट भएका छन् । गएराति भएका छनौट चरणका अन्तिम खेलहरु जित्दै स्पेन, सर्विया र क्रोएसियाले अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेका हुन् ।

विश्वकप छनौटअन्तर्गत युरोपेली समूह ए को खेलमा पोर्चुगललाई २–१ ले हराउँदै सर्विया सिधै विश्वकपमा छानियो । हारसँगै पोर्चुगलले भने विश्वकपमा ठाउँ बनाउन प्ले अफ् खेल्नुपर्ने भएको छ ।
उता समूह बि को अन्तिम खेलमा स्विडेनलाई १–० ले हराउँदै स्पेन पनि विश्वकपमाा छानियो ।

समूह एच मा रुसमाथि १–० को जित निकाल्दै क्रोएसिया पनि विश्वकपमा छनौट हुन सफल भयो ।

गएराति भएका अन्य खेलहरुमा जर्मनीले अर्मेनियालाई ४–१ ले हराउँदा रिपब्लीक अफ आयरल्याण्डले लक्जेम्बर्गमाथि ३–० को जित निकाल्यो ।

जर्मनी यसअघि नैं कतार विश्वकपका लागि छनौट भईसकेको थियो ।

प्रतिक्रिया